पछिल्लो २४ घण्टामा ८ हजार ५२० संक्रमित, २०३ जनाको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।



Tags: