
पोखरा ।
पछिल्लो २४ घण्टामा ९,२४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५,२१५ पुगेको छ ।
नेपालमा संक्रमितको कुल संख्या ४ लख ६४ हजार २१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५,७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ पुगेको छ ।

