आज ७१३५ जना कोरोनामुक्त

-


     मर्दी न्युज    
     जेठ १० गते २०७८ मा प्रकाशित


पोखरा । देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । सोमवारसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण पुष्टि भएको छ भने ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ७,४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १,८५ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा १९,८४६ नमुनाको पीसीआर परीक्षण गर्दा ७,२२० र ६०७ एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा रहेका छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।



Tags: