
फोटोः पेम्बा शेर्पा
पोखरा । कोभिडको महामारीले गर्दा लामो समय घर भित्र थन्किएका फोटोग्राफीका सामानहरु बोकेर केहि वन्यजन्तु फोटोग्राफरहरु विस्तारै घर बाहिर निस्कदै छन् । विशेष गरि पंछीको फोटोग्राफी गर्नेहरु वर्षा, बाढी तथा पहिरो समेत विर्सिएर जंगल छिरेका छन् ।
सोलुखुम्बुका पेम्बा शेर्पा तथा चितवनका राजु लामा, मिलन तामाङ्ग र प्रेम लामा केहि दिन अगाडि मात्र चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रबाट एक हप्ता लामो फोटोग्राफी टुर गरि फर्किएका छन् भने काठमाण्डौका संजय था श्रेष्ठ पनि केहि हप्ता अगाडि चितवनमै चरा अवलोकन तथा फोटोग्राफी यात्रा पुरा गरि सकेका छन् ।
पछिल्लो समय वन्यजन्तु फोटोग्राफीमा होमिएका सोलुखुम्बुकै चुङ्बा शेर्पा उच्च हिमाली क्षेत्र देखि तराईका समथर भुभाग सम्मको यात्रा अघिल्लो साता पुरा गरे । हालै कैलाली तथा बर्दिया राष्ट्रिय निकुञ्जमा सोंस तथा नकटा हाँसको तस्बिर संकलन गर्न गएका शेर्पा मौसमले त्यति राम्रो साथ नदिएकोले चुकचुकाउदै काठमाण्डौं फिरे ।
आफ्नो सिप तथा कौशलले मात्र नभई समय, इक्युपमेन्ट र लगाबको निक्कै आवश्यकता पर्ने वन्यजन्तु फोटोग्राफी पेशागत रुपमा गर्नेहरुको संख्या नेपालमा निकै कम छन् । विशेष गरि इक्युपमेन्टहरु धेरै महङ्गो हुँदा यो पेशा अत्यन्तै खर्चिलो पनि छ । त्यसो त पछिल्लो समय पंछी तथा वन्यजन्तुको फोटोग्राफी गर्ने वर्गको जमात निक्कै बाक्लिएको पनि छ ।
हेरौ यीनै फोटोग्राफरहरुका केहि तस्बिरहरु













