
समुन्द्री सतह देखि ३०० मिटर सम्मको उचाईमा अत्यन्तै विरल र स्थान बिशेष आबासिय रहेको भासोलूक शुक्लाफाँटा, बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा अभिलेख गरेको भेटिन्छ । अंग्रेजीमा डस्की इगल आउल भनेर चिनिने यो प्रजाति वासस्थान बिनाश, अबैध चोरी शिकारका कारणले दिन प्रतिदिन संख्या पनि निकै घट्दो छ । राष्ट्रिय स्तरमा अति संकटापन्न यस प्रजातिलाई बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाले तस्बिर सहित अभिलेख गरेका छन् ।

