
काठमाडौँ । सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल निषेध गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए।
यस्तै मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्जुअल माध्यमबाट हुने १४औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको।
लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढ्वा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

