एकै दिन थपिए ७१० कोरोना सङ्क्रमित, २ जनाको मृत्यु

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित


नेपालमा एकै दिन ७१० कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ५ हजार २५ नमुना परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ५४१ पीसीआरमा ५२४ र २ हजार ४८४ एन्टीजेन परीक्षणमा १८६ जना सङ्क्रमित फेला परेका छन् ।

बुधबार ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टाको अवधिमा २१५ जना निको भएका छन् । सोही अवधिमा २ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमित संख्या बिहीबारसम्ममा ४ हजार २३६ पुगेको छ ।



Tags: