नेपालका चाडपर्व अन्तराष्ट्रियकरण हुनुपर्ने मा जोडः पूर्वेली एकता समाज

-


     मर्दी न्युज    
     असाेज १३ गते २०७९ मा प्रकाशित


नेपालको पूर्वी क्षेत्रवाट पोखरामा आई स्थाई तथा अस्थायी वसोवास गरी विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तित्वको साझा संस्था पूर्वेली एकता समाजको वडा दशैँ, दीपावली, छठ, नेपाल सम्वत, ल्होसार, उद्यौली पर्व तथा माघे सक्रान्तीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

गण्डकी प्रदेशका अर्थमन्त्री माननीय रामजी प्रसाद वराल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मा विशेष अतिथि उपराष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार खेमनारायण सापकोटा र राजमार्ग ट्राफिक प्रमुख गोविन्द अधिकारी रहेका थिए।

प्रमुख अतिथिको भनाई राख्दै अर्थमन्त्री माननीय बरालले आफ्ना मौलिक धर्म संस्कृतिको संरक्षण, प्रर्वद्धन तथा जगेर्ना गर्ने अग्रसर भई लाग्नु पर्ने बताए।

त्यसैगरी बिशेष अतिथि सापकोटाले विश्वमा प्रचलित कतिपय चाडपर्वहरु नेपालमा मनाईने सन्दर्भमा नेपालका चाड पर्व हरुलाई पनि अन्तराष्ट्रियकरण गरी विश्व जगतमै मनाउन जोड दिएका थिए।

समाजका अध्यक्ष गुणराज वास्तोला को अध्यक्षतामा सम्पन्न कार्यक्रममा तामाङ्ग समाज, किराँत समाज, शेर्पा समाज का अध्यक्ष तथा प्रतिनिधीहरू अतिथि रहेका थिए।

समाजको कार्यालय महेन्द्रपूल स्थिति रातो घरमा भएको कार्यक्रम सचिव मंगल लिम्वुले सञ्चालन गरेका थिए।