ग्यालेक्सी एस२३ सिरिज नेपालमाः प्री–अर्डर जारी

-


     मर्दी न्युज    
     फागुन २ गते २०७९ मा प्रकाशित


पोखरा । सामसङले आफ्नो ग्यालेक्सी एस२३ लाई पोखरा ग्राण्ड होटलमा यही माघ २९ गते आयोजित एक कार्यक्रममा प्रस्तुत गरेको छ । ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल डिआइजी बुद्धिराज गुरुङ, आइएमएसका जेनेरल मनाजेर कैलाश्नान्दन इएर र सामसङ्गका उत्पादन प्रबन्धक सृष्टी शाक्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सामसङ्गका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।’

उनले अगाडि थपे, ‘यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन। हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।’

ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसअघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । यो डिभाइस एको फ्रेन्ड्ली रहेको र यसको निर्माणमा पहिलेभन्दा दुई गुणा बढि रिसाइकल गरिएका सामग्रीहरु प्रयोग भएको कम्पनीको दाबी छ ।

कम्पनीको वेबसाइट वा नजिकैको सामसङ्ग शोरुमहरुमा सम्पर्क गरी औपचारिक रुपमा प्री–अर्डर दर्ता गर्न सकिने छ । प्री–अर्डर अफर गर्ने अवधि फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको बताइएको छ ।

यसका अलवा एस२३ सिरिज शुन्य प्रतिशत ब्याजदरमा मासिक न्यूनतम किस्ता ने.रु.६४००÷ बाट सुरु भइ उपलब्ध छ । सामसङ्गले एक पटकको लागि ब्रेकेज इनसुरेंस एक वर्षको लागि उपलब्ध गराएको छ भने सामसङ्ग फोनहरु अपग्रेड गर्न इच्छुक ग्राहकहरुलाई उनीहरुको मोबाइलको लागि बढीमा रु.८०००÷सम्मको लाभ प्रदान गर्ने गरी साट्ने अवसर पनि दिएको छ ।