तमु साँस्कृत्क प्रतिष्ठान नेपाल द्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण

-


     मर्दी न्युज    
     असाेज ८ गते २०८१ मा प्रकाशित


पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा यही असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भइ लमजुङ र गोर्खामा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचीव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो ।

तमु प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानिय कार्य गरेको यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको कार्यलाई लमजुङका सम्पूर्ण संङ्घ संस्था र समाजहरुले महत्व दिइनु पर्ने कुरामा जोड दिए । अहिले विद्यार्थी भविष्यका जनशक्ति भएको उनले बताए । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, क्होलासोंथर–२ का पूर्व वडाध्यक्ष बुद्धि प्रसाद तमु, विद्यार्थीहरु श्री बालकल्याण मावि दारिमबोटका छात्र विवेक तमु र छात्रा मेलिन घलेले मन्तव्य राखेका थिए ।

यस शैक्षिक सत्रमा कक्षा ८–१२ सम्म छात्रवृत्ति प्राप्त जम्मा १८७ जना रहेका छन् ।

त्यस्तै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको व्यवस्थापनमा गोरखा जिल्लामा छात्रवृत्ति वितरण गरिएको छ । छात्रवृत्ति वितरण कार्यक्रमको लागि निवर्तमान अध्यक्ष चिजकाजी तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष श्रीजङ तमु, सदस्यद्वय लक्ष्मी तमु र लोकबहादुर तमु तथा विद्यार्थी समितिको कोषाध्यक्ष पन्चकुमारी तमुको समूह खटिएको थियो ।

छात्रवृत्ति प्राप्त जम्मा विद्यार्थीमध्ये २० जना र यस वर्षको नयाँ छनौट भएका १३ गरि जम्मा ३३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाका अध्यक्ष राम तमु, विद्यार्थी पन्चकुमारी तमु, आहाल भञ्ज्याङ् मावि सिरानचोकमा कक्षा १० मा अध्ययनरत छात्रा जेनिसा तमुले आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा परिषदका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल विद्यार्थी समितिका अध्यक्ष मनोज तमु, तमुस्यो जागृती महिला समिति अध्यक्ष हिमला तमु लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सदस्य लोकबहादुर तमुले सन्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य दिएका थिए । पहिलो चरणमा पोखरामा ५ जिल्लाका लागि असोज ३ गरे वितरण गरिसकेको सचिव कञ्चन तमुले बताइन् ।