प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

-


     मर्दी न्युज    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । 

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपश्चात् निर्णयार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।