सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     असाेज १ गते २०८२ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख १७ हजार एक सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर दुई हजार ५५०रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।