
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनदेखि लगातार मूल्यले रेकर्ड बनाइरहेको छ । अघिल्लो दिन २ लाख २१ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

