
काठमाडौँ । नेपालसहित विश्वका नेपाली समुदायले धुमधामका साथ भाइटीका मनाउँदै छन् ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि यस वर्षको भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ। समितिका अनुसार नेपालमा कात्तिक ६ गते (अक्टोबर २३, २०२५) का दिन बिहान ११ बजेर ३९ मिनेटमा टीका लगाउने शुभ साइत रहनेछ।
तर, देशअनुसार भाइटीकाको समय केही फरक देखिन्छ। भारतको नयाँ दिल्लीमा २३ अक्टोबरमा बिहान ११ बजेर ५५ मिनेटमा टीका लगाउने शुभ साइत तय गरिएको छ।
त्यसैगरी, अमेरिकाको पूर्वी तथा पश्चिमी तटका विभिन्न स्थानहरू र क्यानडामा भने २२ अक्टोबरमै भाइटीकाको शुभ साइत परेको समितिले जनाएको छ।
