
साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२१ अंकले बढेको थियो। नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा पुगेको छ।
कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो ।
नेप्से घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। बुंगल हाइड्रो र बन्दिपुर केवलकारको सेयर ९.९८ प्रतिशतले बढ्दा अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले २२ करोडको सेयर कारोबार गर्दा साहस उर्जाको १४ करोड,युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् ।

