
काठमाडौँ । करको दरमा व्यापक हेरफेर गर्दै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा दोब्बर बनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अब १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले आयकर तिर्नु नपर्ने व्यवस्था गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले घोषणा गरे । यसअघि ५ लाख रुपैयाँसम्मको आयमा कर लाग्दैनथ्यो ।
बजेटअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने करदाताले १ प्रतिशत दरले मात्रै आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले कर प्रणालीलाई पुनर्संरचना गर्दै न्यून तथा मध्यम आय भएका करदातामाथिको कर भार घटाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। उनका अनुसार उद्योग, व्यापार र बजारलाई सहज बनाउन विभिन्न वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको हो । उनले कर प्रणालीलाई सरल, पूर्वानुमानयोग्य र उत्पादनमुखी बनाउने उद्देश्यसहित यस्तो निर्णय गरिएको बताए ।
‘उत्पादनमुखी अर्थतन्त्र निर्माण, लगानी विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन कर प्रणालीमा सुधार गरिएको छ,’ वाग्लेले संसद्मा भने, ‘बजेट विश्वसनीय नीतिगत उपकरणका रूपमा स्थापित हुने विश्वास लिएको छु ।’
नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।

