नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

-


     मर्दी न्युज    
     जेठ २६ गते २०८३ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्दै प्रधानमन्त्री शाहले आज मन्त्रिपरिषद विस्तार गरेको हो ।

नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रीहरुको नियुक्त गर्दै मन्त्रिहरुलाई शपथ गराएको हो ।

गृह मन्त्रालयमा पुनः सुधन गुरुङ दोस्रो पटक जिम्मेवारी दिइएको हो । सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि उहाँमाथि एक समिति गठन गरि अनुसन्धान गरिएको छ । मन्त्रिपरिषदको आजको बैठकमा उक्त समितिको प्रतिवेदन पेश भएको थियो ।

समितिले सम्पति सम्बन्धी विवादमा सफाइ दिएसँगै गुरुङ गृह्यमन्त्रीमा फर्किएको हो । स्वतन्त्र सांसद महावीर पुनलाई पहिलो पटक गठन गरिएको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका थिए ।