
रास्वपाको सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह विजयी भएका छन् । चितवनमा शुक्रबार भएको मतदानमा उनीहरू सहमहामन्त्री पदमा विजयी भएका हुन् ।
शाहले ४७१ मत प्राप्त गरेका छन् भने ढकालले ४१० मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगीले ७ सय ३७ मत प्राप्त गरिन् ।
सहमहामन्त्री पुरुषका लागि शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।

