विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानस्थित ब्रोड पिकमा आएको हिम पहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ।

हिम पहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको हो ।

जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं। साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’

वक्तव्यमा निम्सदाइसहित दुर्घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार, साथीभाइ र आफन्तप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।