Author Archive

आज इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ । जगत्को सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए ।… पुरा पढौ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ… पुरा पढौ

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते मोहम्मद जयन्ती परेको जनाएको छ। सोही दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था उल्लेख गरिएको थियो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा बिदासम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराइएको छ।… पुरा पढौ

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता हुँदैं

Mardi News
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए । “एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरूसँग एमालेले संवाद सुरु गर्छ ।” एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उनको… पुरा पढौ

काँग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा पक्ष सर्वोच्चमा, ११ गते तोकियो पेशी

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनसम्बन्धी प्रक्रिया अघि नबढाउन माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरेको छ। विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रहेको अवस्थामा महाधिवेशन आयोजना गर्न नहुने जिकिरसहित देउवा पक्षले नयाँ निवेदन दर्ता गराएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार निवेदनमाथि आगामी ११ भदौमा सुनुवाइका लागि पेशी तोकिएको छ। देउवा पक्षको तर्फबाट अधिवक्ता श्रवणकुमार देवले वारेसमार्फत निवेदन दर्ता गराएका… पुरा पढौ

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ । महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो । त्यसपछि दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीनको सूचीमा परेका छन् भने २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, भूमिहीन सुकुमबासीका… पुरा पढौ

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट करादी हुँदै गल्याङ–९ साङ्ग्रिलियातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ गल्याङ ८ स्थित करादीमा ग १ ज ६५३४ नम्बरको जीप दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका–९ का यामबहादुर विक र गल्याङ–८ की सदिक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये १६ जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको… पुरा पढौ