Author Archive

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु. २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँच पास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए । गत आवमा यहाँबाट तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए । गत आवमा रु. छ अर्ब ९२ करोड राजस्व संकलन भएको… पुरा पढौ

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो । बेनीदेखि आधार शिविरसम्मका होटेल तथा रेष्टुरेष्ट, आश्रय स्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि अर्को गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बरसहितका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले… पुरा पढौ

नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै

नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित… पुरा पढौ

यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी… पुरा पढौ

सिद्धबाबा खण्डमा पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो झरेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दु (इन्ट्री पोइन्ट) भन्दा करिब १०० मिटर उत्तरतर्फ माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।उक्त क्षेत्रमा अहिले पनि माथिबाट निरन्तर पहिरो खसिरहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) को कमान्डमा ट्राफिक प्रहरीसहित ५ जनाको टोली घटनास्थलमा खटिएको छ। सडकमा खसेको पहिरो पन्छाएर बाटो खुलाउनका लागि जेसीबी तयार अवस्थामा राखिएको छ। माथिबाट… पुरा पढौ

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ । पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि थापाले… पुरा पढौ

विजयपुर खोलामा बेपत्ता भएका निक्सनको शव भेटियो: ओमनको खोजी जारी

पोखरा । विजयपुर खोलाले बगाएर बेपत्ता भएका दुईमध्ये १ बालकको शव फेला परेको छ । पोखरा महानगरपालिका १४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो भेटिएको हो । साउन ३० गते विजयपुर खोला तर्ने क्रममा उनलाई भेलले बगाएको थियो । ३ दिनदेखिको निरन्तर खोजीपछि उनको शव भेटिएको प्रहरीले जनाएको छ । निक्सनको शव घटनास्थलबाट करिब १.५ किलोमिटर तल भेटिएको हो । पोखरा १४ चाउथेस्थित गोरखा भिलेज पछाडिको खोचमा शव देखिएको थियो । भत्किएको पर्खालको रडभित्र शव अड्किएकाले एक्साभेटरको सहायताले… पुरा पढौ