Author Archive

तमु साँस्कृतिक प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारणसभा पोखरा, नयाँ बजार स्थित तमु धींको रोधीं हलमा शनिबार सम्पन्न भएको छ । शुभकामना मन्त्यब्य दिने क्रममा प्रमुख अतिथी गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत (आठौं तह), तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले संस्थाको काम प्रशासनिक रूपमा सुस्त, चुस्त, दुरुस्त तरिकाले सार्वजनिक हुनु पर्नेमा प्रतिष्ठानले यो मान्यता र कार्यलाई इमानदारी पूर्वक निर्वाह गरेको कुरा व्यक्त गर्नुभयो । समुदायलाई हरेक क्षेत्रमा पहुँच पुर्याउन र विकास गर्न शिक्षा, सन्चार र साहित्य… पुरा पढौ

माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौँ, १३ भदौ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित… पुरा पढौ

तीजका कार्यक्रम आयोजना गर्न पूर्व स्वीकृति लिएको हुनुपर्ने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले तीजपर्वका अवसरमा कार्यक्रम आयोजना गर्नुपर्दा पूर्व स्वीकृति लिनुपर्ने बताएको छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका ठाउँमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव वा अन्य कुनै प्रकारको कार्यक्रमको आयोजना गर्ने भएमा पूर्व स्वीकृति लिएको हुनुपर्ने जनाएको छ । ‘हिन्दु महिलाहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गइरहेको सन्दर्भमा थप व्यवस्थित बनाउन , ‘तीजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव गर्दा जिल्ला… पुरा पढौ

पाल्पा दुर्घटना : मृतकको पहिचान खुल्यो

रामपुर (पाल्पा), १३ भदौ । स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हबल्दार ३२ वर्षीय यमबहादुर बोहोरा, गुल्मीकै रेसुङ्गा नगरपालिका–७ बस्ने ५० वर्षीय मनकलाचुदारा, कास्की पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ३१ वर्षीय विनोद तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । सडकमाथिबाट खसेको सुक्खा पहिराले स्कारपियो पुरिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । गाडीमा सवार अन्य… पुरा पढौ

आजदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा नियमित उडान गर्दैछ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान गर्न लागेको हो । भैरहवाबाट मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अहिले हप्ताको एक दिन उडान गरेर माग र बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने निगमले जनाएको छ । निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण… पुरा पढौ

सुनसान छन् बागलुङका घरबास

ढोरपाटन (बागलुङ) । बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका घरबासले आगन्तुकलाई सहज हुनुका साथै स्थानीयलाई रोजगारको अवसर पनि मिलेको छ । अहिले घरबासमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल पनि सुनसानजस्तै छन् । जिल्लाको चर्चित… पुरा पढौ