Author Archive

संसदमा उठ्यो अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको विषय

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिँदा एक महिलाले अस्पताल परिसरनजिकै सडकमा बच्चा जन्माउनुपरेको घटना प्रतिनिधि सभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले घटनाबारे सदनको ध्यानाकर्षण गराउँदै स्वास्थ्य संस्थाबाटै आधारभूत उपचार तथा प्रसूति सेवा प्राप्त गर्न नसक्नु गम्भीर विषय भएको बताएका हुन्। सांसद कर्णका अनुसार राजविराज नगरपालिका-१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो। तर उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालमा भर्ना हुन नपाएको उनको भनाइ छ। कर्णले बबिता पासवानसँग… पुरा पढौ

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै उनले दिएको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति विवादमा परेको थियो। उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उद्योगीहरूले प्रधानमन्त्रीसमक्ष समेत मन्त्रीको अभिव्यक्तिबारे गुनासो राखेका थिए। ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका विषयमा संसदीय समितिको बैठकमा भएको छलफलका क्रममा मन्त्री यादवको उक्त अभिव्यक्ति सार्वजनिक भएको थियो। अभिव्यक्तिलाई लिएर… पुरा पढौ

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

काठमाडौं, २५ भदौ । भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ । “हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहेकी छन् । छ… पुरा पढौ

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरिमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत् गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो । आयोजना प्रमुख ज्योतिकुमार केसीले अडिटदेखि बाँधतर्फ जोड्ने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । “छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फको तीन हजार २८३ दशमलव ३२ मिटरमध्य हालसम्म एक हजार ९७३ मिटर सुरुङ… पुरा पढौ

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२  दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो । उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडक खण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताए । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे । सो आवमा १ दशमलव ६७… पुरा पढौ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार सुन तोलामा ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

‘किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन’ : वडाध्यक्ष गुरुङ

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङ खोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।  मंगलबार साँझ खोला थुनिदा पानीको बहाव रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए ।  “हिजो साँझदेखि खोलामा पानी घटेपछि कतै पहिराका कारणले हो कि भनेर सबैतिर चिन्ता र चासो भयो । हामीले पनि सबै ठाउँमा सतर्कताका लागि अपिल पनि गरेका थियौँ, कतै पहिरो गएको… पुरा पढौ