Author Archive

नागरिक अगुवा पाण्डेको अन्त्येष्टि

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनको निवासमा निधन भएको हो । पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरु आर्यघाट पुगेका थिए । नेकपाका नेता श्रेष्ठले मुलुकको लोकतान्त्रिककीकरण र रुपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेकोे बताए । पुरा पढौ

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।  नेपाल प्रहरीको सूचनाअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा ठप्प छन्। कोशी प्रदेशमा मेची राजमार्गका दुई ठाउँमा सडक अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। यद्यपि, भोजपुरको मध्य पहाडी लोक मार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। बागमती प्रदेशमा सम्भावित बाढी र… पुरा पढौ

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा… पुरा पढौ

बुकीफूलको मोह: मध्यबर्खामा पनि पर्यटकीय चहलपहल

गण्डकी ।वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् । प्रतिकूल हावापानी, विपद्को जोखिम, आवतजावतमा कठिनाइजस्ता कारणले मानिस हत्तपत्त घुमफिरमा निस्कँदैनन् । तर, केही यस्ता गन्तव्य छन्, जहाँको पर्यटन यही याममा बढी चलायमान हुन्छ । मनसुन पदयात्रामा बढ्दो आकर्षणले कास्कीको कोरी, बागलुङको ढोरपाटन, पूर्वीरुकुमको चुङ्ग्रीबुकीलगायत गन्तव्यमा मध्यबर्खामा पनि पर्यटकीय चहलपहल बढेको हो । उच्च पहाडी भेगका पाटन र खर्कमा फुल्ने बुकीफूल, लेकाली जनजीवन, वर्षात्मा हरियाली देखिने डाँडापाखा, रिमझिम वर्षा र बादलभित्र लुकामारी खेल्ने हिमालको… पुरा पढौ

आर्थिक बर्षको पहिलो दिन सेयरमा उछाल, करिब ८० अंकले बढ्यो नेप्से

आर्थिक बर्षको पहिलो दिन आज नेप्सेमा उछाल आएको छ । आज नेप्से करिब ८० अंकले बढेर परिसूचक २६७७ दशमलव ७४ विन्दुमा उक्लिएको छ। लगातार ओरालो लागेको नेप्सेमा आज उछाल आएको हो । आज सबै उपसमुहका परिसूचक बढेका छन । आज श्रीनगर एग्रिटेक इन्डष्ट्रीको शेयरमा सकारात्मक सर्किट लाग्यो भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज विभिन्न कम्पनीका कुल १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड भन्दा बढीको… पुरा पढौ

देशभर मनसुन वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर… पुरा पढौ

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले… पुरा पढौ