Author Archive

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा आज साँझ दीप प्रज्वलन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह… पुरा पढौ

राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गरेका छन् । सोमबार बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर काठमाडौं फर्किएका राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। भाद्र १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिम पहिरोपछिको बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् । आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई ‘कहालीलाग्दो र अकल्पनीय’ संज्ञा दिएका छन् । बाढी र पहिरोका कारण जनधनको ठूलो… पुरा पढौ

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।  आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । आइतबार साँझसम्म प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ ।… पुरा पढौ

मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा पदयात्रामै रहेका व्यक्तिलाई अर्को सूचना प्रकाशित नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न तथा नगराउन आग्रह गरेको हो। थेराङ खोलामा बिहानै बाढीप्रशासनका अनुसार २०८३ भदौ २१ गते बिहान करिब ३:३० बजे चुमनुव्री गाउँपालिका-४ नामरुङस्थित थेराङ खोलामा बाढी आएको थियो। बाढीका कारण पदमार्ग, होटेल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको जनाइएको छ। प्रभावित क्षेत्रको विस्तृत… पुरा पढौ

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

भोटेकोशी नदीमा गएको बाढीसँगै सडक-पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ । हिम पहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढीले रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडक मार्ग बगाएपछि केरुङका गोदाममा रहेका ४०० कन्टेनरभन्दा बढी सामन वैकल्पिक सडक मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ । सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौँ जोड्ने सडक… पुरा पढौ

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा । जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका-४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आज बिहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय क्षति भने नभएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । बाढी आएको बारे थाहा पाएर स्थानीयवासी भागेर ज्यान जोगाएका उनले बताए । बाढीले सोही ठाउँको झोलुङ्गे पुल… पुरा पढौ

भोटेकोशी विपद्को असर : पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता

कास्की । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनहरूले पोखरा… पुरा पढौ