Author Archive

भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेला परेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् ।… पुरा पढौ

दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब ६ दशकपछि जन्मथलो फर्किएका हुन् ।  तिलिजालाई परिवारले जीवित छन् भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो । मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो ।… पुरा पढौ

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन

गोरखा । यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न २९ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागको गत पछिल्लो तथ्यांकअनुसार २९ टोलीका ३४८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् । विभागबाट अहिलेसम्म कुल ३२ टोलीका ३६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका ३४८ आरोही रहेको विभागले जनाएको छ । यस हिमालबाट यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट रु. १५ करोड ९६ लाख २० हजार ८२८ रोयल्टी सङ्कलन भइसकेको पर्यटन… पुरा पढौ

माछापुच्छ्रेमा पहिरोले पुरिएर हाइड्रोपावरका दुई कर्मचारीको मृत्यु, एक घाइते

कास्की । कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्री बास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।… पुरा पढौ

बेत्रावतिस्थित बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा नुवाकोटको बेत्रावतिबाट एक महिलाको जीवितै उद्धार भएको छ । बाढीले भत्काएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले शनिबार दिउँसो उहाँको जिवितै उद्धार गरेको हो । उनी आफ्नै घरभित्र बाढीमा फेसकी थिइन्। उहाँलाई थपउपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ । पुरा पढौ

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

नुवाकोट ।  माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १:२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।   गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । पुरा पढौ

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १,३४४ पुग्यो, अझै ४,८९८ जना बेपत्ता

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ ।  नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अंगहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ। बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा… पुरा पढौ