Author Archive

सवारी आवागमन बन्द गरेर परेवाभिरमा सडक मर्मत गरिँदै

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मत गर्न यही भदौ २० गते शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङद्वारा आज यहाँ जारी सूचनामा यही भदौ २० गते शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडकखण्डमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । यही भदौ १० भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सडकखण्डबाट एकतर्फी रूपमा… पुरा पढौ

भोटेकोशी बाढी अपडेट: मृतकको संख्या १,२९४ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ ।  २०८३ भदौ १९ गते साँझ ६:३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ । प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला… पुरा पढौ

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो, सतर्क रहन प्रशासनले आग्रह

दार्चुला । पहिरोका कारण चमेलिया नदी (चौलानी नदी)  पूर्ण रूपमा थुनिन सक्ने जोखिम बढेपछि दार्चुलाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा साना पहिरो खस्ने क्रमसमेत जारी छ भने लगातार सिमसिम पानी परिरहेकाले थप जोखिम रहेको छ। नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पहिरो गएको स्थानभन्दा तल अपिहिमाल, मार्मा, शैल्यशिखर नगरपालिका र… पुरा पढौ

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने

काठमाडौँ । चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ। भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत सिधै चोभार ल्याउन सकिने व्यवस्था गरेको हो। विभागले सामान ढुवानी गर्ने सवारीसाधनका लागि सडक मार्गसमेत निर्धारण गरेको छ। विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त, प्रक्रिया तथा अन्य व्यवस्था पालना गर्ने गरी आन्तरिक परिवहनको सुविधा दिइएको हो। यो व्यवस्था अर्को निर्णय नभएसम्म लागू हुनेछ। यससँगै कोरला… पुरा पढौ

रसुवा बाढी र विपद् अपडेट: मृत्यु हुनेको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्ब बढीको आर्थिक क्षति

रसुवा बाढीमा परी ज्यान गुमाएका १ हजार २ सय ८७ जनाको शव फेला परेको छ । शुक्रवार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी र सोसँग सम्बन्धित विपद्को पछिल्लो वस्तुस्थितिबारे अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरूमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय… पुरा पढौ

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४:५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन्… पुरा पढौ

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएको छ । सुरुङभित्र फसेकाे अवस्थामा रहेका सञ्जय साह र कबीर महर्जनको नेपाली सेनासहितको प्राविधिक टोलीले सकुशल उद्धार गरेको हो। आयोजनास्थलमा खोजी तथा उद्धारमा निरन्तर खटिएको सुरक्षाकर्मी र प्राविधिक टोलीले बिहान सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएका थिए। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आवाजको संकेत मिल्ने बित्तिकै नेपाली सेनाको टोलीले उद्धार कार्यलाई तीव्र पारेको थियो। उद्धार टोलीकाे अथक प्रयासपछि सुरुमा सञ्जय साह र त्यसको केही… पुरा पढौ