राम्रो नेपाल

चाँदीझैँ टल्किने हिमालको काखमा मुदीगाउँ, पर्यटकको पर्खाइमा

म्याग्दी । आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ । मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क ढुङ्गाले छापिएका चोक र बाटाहरू । घरघरमा कर्नासेमा भुन्ड्याइएका मकैको झुत्ताले वास्तविक गाउँले जीवन र परिवेशको अनुभूति गराएका छन् । विश्वकै सातौँ अग्लो उचाइको धवलागिरि हिमाल… पुरा पढौ

मुख्ययाममै म्याग्दीका पर्यटकीयस्थल सुनसान

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला छन् । जेन जेड पुस्ताको आन्दोलन, राजधानी काठमाडौँसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौं सडकमा पहिरो लगायतका कारण पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए । ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ’, उनले भने, ‘होटल र पर्यटकीयस्थल सुनसान छन् ।’ विगतका वर्षमा असोज लागेसँगै… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ ।  हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् ।  वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ ।… पुरा पढौ

गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदाय राज्यको मूलधारमा आउन जरूरी रहेको बताएका छन् । राज्यको निर्णायक तहमा जनजातिमध्ये गुरुङ समुदाय निकै पछि परेको भन्दै उनले यसका लागि शैक्षिक समुदाय आफैँले सचेत हुनुपर्नेमा जोड दिए । मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा साेमवार आयोजित ‘लिपेमा फुल्ने लालीगुँरास फूल’ शीर्षकको वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले गुरुङ र मगर समुदायले नेपाल एकीकरणमा महत्त्वपूर्ण योगदान दिए पनि समयसापेक्ष राज्यको नीतिनिर्माण तहमा पुग्न नसकेको बताए । उनले… पुरा पढौ

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

बागलुङ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा… पुरा पढौ

लमजुङको पस गाउँमा १५औँ महोत्सव सुरु

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पस गाउँमा पन्ध्रौँ पस गाउँ महोत्सव सुरु भएको छ । व्यवसायिक होमस्टे र स्थानीय संस्कार संस्कृतिसहित गाउँको पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना भएको हो । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बस्यालले कोदोको घरेलु रक्सी अब ब्राण्डिङ गर्नुपर्ने बताएका छन् । कानुनी रूपमा लोकल मदिरा बिक्री गर्न प्रतिबन्ध छ । कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री गर्न कानुनी र व्यावहारिक पक्षको अध्ययन थालिएकाले अब यसको ब्रान्ड… पुरा पढौ

हिमाल हेर्न कोखेडाँडा

पर्वत । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ । म्याग्दीको पुनहिलभन्दा पनि उचाइमा रहेको यो स्थानबाट पर्वत, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, लमजुङ, तनहुँलगायतका जिल्ला अवलोकन गर्न सकिन्छ । लामो समयदेखि पर्यटन क्षेत्रमा… पुरा पढौ