राम्रो नेपाल

ओझेलमा सिस्नेका गुप्ता दह

रुकुमपूर्व । वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य । यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । यहाँ पुग्ने बाटो सहज छैन । गए पनि बसाइ व्यवस्थापन असहज छ । प्रचार–प्रसारको पनि अभाव छ । सिस्ने हिमालको दृश्य टाढैबाट रुकुमपूर्व र पश्चिमका विभिन्न ठाउँसँगै… पुरा पढौ

लिच्छवीकालीन विहारको अध्ययन सुरु

त्रिशूली, १४ फागुन । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो । अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिएको छ । उनका अनुसार अहिले देखिएका स्वयम्भू/चैत्यको संरचना निकै पुरानो पाइएको… पुरा पढौ

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका(३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो । पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उनले भने, “तालसम्म पहुँचका लागि पूर्वाधार… पुरा पढौ

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

जोमसोम (मुस्ताङ) । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक… पुरा पढौ

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने… पुरा पढौ

ऐतिहासिक सम्पदा ‘भिरकोट दरबार’को संरक्षण सुरु

स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका वडा न.१ मा रहेको पौराणिक युगदेखि नै अस्तित्वमा रहेको दरवार जिर्ण बन्दै गएपछि यसको संरक्षण गर्न शुरु गरिएको छ । पृथ्वीनारायण शाहको उदयअघि कर्णाली पारीका बाइस चौबिसे राज्यहरुलाई आधार मानेर यस ठाउँको नामकरण गरिएको देखिन्छ । तत्कालीन नेपालमा अस्तित्वमा रहेका बाइसे–चौबिसे राज्यहरुमध्ये चौबिसे राज्यका रूपमा भिरकोट राज्य एक प्रभावशाली राज्यका रुपमा रहेको इतिहासमा उल्लेख छ । यही ऐतिहासिक राज्यको नामको ऐतिहासिक विरासतलाई नै ग्रहण गरेर नगरपालिकाको नामसमेत भिरकोट राखिएको हो ।कतिपय दरबारहरुको त अहिले अवशेष मात्र… पुरा पढौ

मिलेनियम पदमार्गमा थपिदैं आकर्षक गन्तव्य, गहते मनकामनामा सुन चौतारी निर्माण

स्याङ्जा, ४ असार । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) बाट परिचित तनहुँ जिल्लाको दुलेगौंडाबाट शुरु भएर स्याङ्जा जिल्लाको वालिङ, रामबाच्छामा टुंगिने मध्य पहाडी क्षेत्रको चर्चित पदमार्गमा प्रत्येक वर्ष केहि न केहि नयाँ आकर्षण थपिने क्रम जारी छ । यसै पदमार्ग अन्तर्गत जिल्लाको विरुवा गाउँपालिका ७ गहते मनकामनामा थप सौन्दर्यीकरण गरिएको छ । गहते मनकामना आफैमा एक सुन्दर तथा ऐतिहासिक ठाउँ पनि हो । मनकामना मन्दिर यसै पनि प्रसिद्ध छ । गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँ अतिथि सत्कार तथा होमस्टेको लागि… पुरा पढौ