स्वास्थ्य

प्रदेश अस्पताल पर्वतमा ३५ वर्षपछि विशेषज्ञ सेवा

पर्वत । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरु भएको हो । पन्ध्र शय्याको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति… पुरा पढौ

स्वास्थ्य बिमामा प्रथम सेवा विन्दु निजी अस्पतालबाट हटाइयो

स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ । प्रथम विन्दु जहाँ भएपनि सरकारले आगामी  साउन १ गतेदेखि  जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो । यो ब्यवस्था  लागु भए सँथै  यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र  रिफर लिएर आउनु… पुरा पढौ

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।   सो… पुरा पढौ

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म (पुस १७ गते यता) १६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३०… पुरा पढौ

डेङ्गी सङ्क्रमण ७२ जिल्लामा फैलियो

काठमाडौँ । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र… पुरा पढौ

सुदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन् । त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए। उनले भने “शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरूलाई ‘होम आइसोलेसन’… पुरा पढौ

प्रदेश अस्पताल पचास शय्यामा स्तरोन्नति गरिँदै

दमौली (तनहुँ) । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।  हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ ।  अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका… पुरा पढौ