अन्तर्राष्ट्रिय

इरानको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या ६० पुग्यो

इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ६० पुगेको छ । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो । समाचार संस्था अलजजिराले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ६० पुगेको पुष्टि गरेको छ । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । पुरा पढौ

युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं ।संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। नेपाली दूतावास आबुधावीले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र युएई सरकारले जारी गरेको सुरक्षा निर्देशको पालना गर्न अनुरोध गरेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो । विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन… पुरा पढौ

ला पाजमा सैन्य विमान दुर्घटना, १५ जनाको मृत्यु

ला पाज । बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको सैन्य कार्गो विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दुर्घटनापछि सडकमा छरिएको पैसा उठाउन भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । सी–१३० हर्कुलस यातायात विमान एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर निस्केर नजिकैको व्यस्त एभिन्यूमा खसेको थियो । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यमा विमानका भग्नावशेष सडकभर छरिएको, थुप्रै कार पूर्णरूपमा नष्ट… पुरा पढौ

अफगान आक्रमणमा पाकिस्तानलाई अमेरिकाको समर्थन

इस्लामाबाद । अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ‘आफ्नो रक्षा गर्ने पाकिस्तानको अधिकार’ लाई समर्थन जनाएको छ । यसले सीमा क्षेत्रमा बढ्दो सैन्य तनावलाई नयाँ कूटनीतिक आयाम दिएको छ । पाकिस्तानले बिहीबार राति सीमापारबाट भएको आक्रमणको जवाफमा शुक्रबार बिहान अफगानिस्तानभित्र हवाई आक्रमण सुरु गरेको जनाएको छ । पाकिस्तानका सूचनामन्त्रीका अनुसार अपरेसन सुरु भएयता ३७ स्थानलाई हवाई लक्ष्य बनाइएको छ । प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले ‘आक्रमणप्रति तत्काल र प्रभावकारी प्रतिक्रिया… पुरा पढौ

तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

दुबई । अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए कि थिएनन् भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् । यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू… पुरा पढौ

युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै

किएभ, २ फागुन । रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । ओडेसा क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका छन् ।उनका अनुसार उद्धारकर्मीहरूले आगो चाँडै नियन्त्रणमा लिएका थिए, तर दुर्भाग्यवश आक्रमणमा एक महिलाले ज्यान गुमाएकी छन् । उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै ड्रोन विस्फोटका कारण आसपासका भवनका झ्यालहरू समेत फुटेको बताए । यसैबीच, उत्तर–पूर्वतर्फ पर्ने जापोरिझ्झिया क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आक्रमणमा… पुरा पढौ

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६ जनाको मृत्यु हुनुका साथै ५५८ जना घाइते भएको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्यांकले मंगलबार देखाएको छ । जनवरीको अन्त्य देखि जारी हिमपातले उत्तरी समुदायहरूलाई चरम दोहन गर्नुका साथै ट्राफिक जन्य समस्या निम्त्याएको जनाइएको छ । प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार बासिन्दाहरू हिउँलाई सफा गर्ने प्रयासमा दुर्घटना हुँदा घातक दुर्घटना भएका छन् ।  जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीका बासिन्दाहरूले भारी हिमपात (चार फिटभन्दा बढी) को सामना गर्नु… पुरा पढौ