स्वास्थ्य

सरकारी अस्पतालको ओपीडी सेवा शनिबार र आइतबार दुवै दिन बन्द रहने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सरकारी अस्पतालको ओपीडी सेवा शनिवार र आइतबार दुवै दिन बन्द गर्ने निर्णयलाई निरन्तरता दिने भएको छ । यसअघि  मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेकाे थियाे । मन्त्रालयको आग्रहपछि पनि अन्य क्षेत्रमा विदा दिएर आइतबार ओपिडी सेवा संचालन गर्दा अस्पतामा विरामीको चाप बढी हुने भन्दै  चिकित्सक स‌ंघले आइतबार ओपीडी खाेल्न नसक्ने स्पष्ट पारेको थियो । चिकित्सकहरुले सरकारले आइतबार खोल्न निर्देशन दिएपनि त्यसलाई अवज्ञा गर्दै आएका… पुरा पढौ

व्यास नगरपालिकाद्वारा दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ । व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई रु ३९ लाख २८ हजार आर्थिक सहयोग गरेको छ । उनीहरूलाई जनही रु पाँच हजार  प्रदान गरिएको हो ।  प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार चालु आर्थिक वर्षमा क्यान्सर, मुटुरोग, मिर्गौलाका बिरामीलाई सहायता रकम प्रदान गरिएको हो ।  यसैबीच, ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न वर्गका बिरामी र मानसिक रोगीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । यसबाट व्यासका चार हजार ७१५ जना  लाभान्वित भएका छन् । चालु आवको प्रथम आठ महिनामा… पुरा पढौ

यस वर्ष २३ स्थानमा बर्डफ्लु रोग देखियो

काठमाडौँ । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन ।  यस वर्ष पहिलो पटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ ।… पुरा पढौ

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच स्थापित गर्ने उद्देश्यले निर्माण गरिएको २७ कोठाको आधारभूत अस्पताल भवन प्रयोगविहीन बनेको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ–४ लोमान्थाङस्थित धुराङ भन्ने स्थानमा एक वर्षअघि सम्पन्न भएको पाँच शय्याको आधारभूत अस्पताल भवन जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन बनेको बताइएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा… पुरा पढौ

हिमालय आँखा अस्पतालको ३३औँ वार्षिकोत्सव सम्पन्न, हालसम्म ४३ लाख नागरिकलाई सेवा

पोखरा, १८ फागुन । नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वि. सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले दिइन्। समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष प्राडा… पुरा पढौ

प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली लागू

दमौली (तनहुँ) । सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो । नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तर भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले जानकारी दिए । सोही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट हुन सक्ने उनले बताए । डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर… पुरा पढौ

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालेपछि पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ, २७ माघ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ । धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने आइतबारदेखि प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक… पुरा पढौ