विचार/ब्लग

आगमी बजेटबारे सरकारलाई सुझाव

विन्दु कुमार थापा कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो मन्दी आउने सम्भावना छ र यसका केही संकेतहरु देखा परिसकेको अवस्था छ । यस संकटको कारण अर्थतन्त्रमा पारेको प्रभाव र त्यसको पुनरुत्थानका लागि आन्तरिक स्रोत परिचालन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा विशेष प्राथमिकता दिनु आवश्यक देखिन्छ । शिक्षा, पर्यटन व्यवसाय, घरेलु तथा साना व्यवसाय, कृषिजन्य व्यवसाय क्षेत्र बढी प्रभावित बनेका छन् । यी क्षेत्रलाई जोगाउनेतर्फ र रोजगारीको लागी विदेशीयका लाखौँ युवा स्वदेश फर्कीदैछन् उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ विशेष ध्यान दिई आगामी बजेट… पुरा पढौ

लकडाउन पछिको पर्यटन र पर्वतीय पर्यटन मजदुरको अवस्था

विश्वका दुईसय भन्दाबढी देशहरु कोरोना भाइरस (कोभिड(१९) को महामारीमा परेका छन । विश्वकै अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन उद्योग ठप्पप्राय छ । अन्तर्राष्ट्रिय उडान तथा यातायात सेवा डेढमहिनादेखि बन्द छन । कोरोनाको सुरुवात भएको स्थान चीनको वुहान लगायत युरोपका केहि देशहरुमा संक्रमण दर घट्दै गएको कारण अब यो महामारी नियन्त्रणमा आउनेतर्फ आशावादी भएतापनि ठ्याक्कै नियन्त्रणमा आएर दिन चर्या नियमित कहिले हुन्छ भनिहाल्न सकिने स्थिति छैन । नेपालको अर्थमन्त्रीले देशको जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै भन्नु भएतापनि सेवाक्षेत्रको योगदान समेत… पुरा पढौ

यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध

पोखरा, १४ वैशाख । नेपालका हिमाली जिल्लाहरुमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बाको सङ्कलन तथा ओसारपसारमा यो वर्ष धेरैजसो जिल्लाहरुले प्रतिबन्ध लगाएका छन । नेपालमा समुन्द्र सतहबाट ३५ सय मिटरदेखि ४५ सय मिटरको उचाईमा यार्सागुम्बा पाइने भएता पनि तुलनात्मक रूपमा सुक्खा तथा वृष्टिछाया रहेका जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा पाइने यार्सागुम्बा उच्चगुणस्तरको हुन्छ । यी जिल्लाहरुमा सोही जिल्ला तथा अन्य पहाडी जिल्लाका दशौं हजार मानिसहरू यतिखेर यार्सागुम्बा सङ्गकनको लागि विभिन्न लेक तथा पाटनहरुमा पुग्दछन र अधिकतम दुई महिना (बैशाख र जेठ)… पुरा पढौ

प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ

विश्वका अन्य मुलुकमा जस्तै नेपाललाई पनि कोरोना भाइरस सङ्क्रमणको त्रासले छोपेका बेला सरकारले सोमबार गरेको एउटा निर्णयले सिङ्गो देशको ध्यान मोडिदिएको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले राजनीतिक दल सम्बन्धी कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय गरेपछि त्यसले सिङ्गो राजनीतिलाई तरङ्गित तुल्याइ दिएको छ। खासगरि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै गएको ठानिएका बेला सरकारले पार्टी विभाजन गर्न सकिने व्यवस्थालाई खुकुलो बनाउने निर्णय गरेको थियो। वर्तमान कानुनमा कुनै पनि पार्टी विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत… पुरा पढौ

कोरोना भाइरस: चीनको प्रयोगशालामा ‘भाइरस बनाइएको’ दाबीमा कति सत्यता

अमेरिकी विदेशमन्त्रालयले दूतावासका अधिकारीहरूसँग गरेका कूटनीतिक पत्राचार वा केबलहरूमा उनीहरू चीनको वुहानस्थित भाइरस प्रयोगशालाले अपनाएको जैविक सुरक्षाका उपायलाई लिएर चिन्तित रहेको पाइन्छ। सो प्रयोगशाला कोरोनाभाइरसको पहिलो प्रकोप देखिएको शहरमै अवस्थित छ। केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरस उक्त प्रयोगशालाबाट बाहिरिएको भन्ने अप्रमाणित विवरणहरूलाई अमेरिकी सरकारले नियालिरहेको बताएका थिए। त्यसोभए यो पछिल्लो विकासक्रमले वर्तमान महामारीको हाम्रो बुझाइमा के जानकारी वा ज्ञान थप्छ त? के छन् पत्राचारमा? वाशिङ्गटन पोस्ट पत्रिकाले कूटनीतिक पत्राचारबाट प्राप्त जानकारीबारे समाचार बनाएको छ। उसका अनुसार सन् २०१८… पुरा पढौ

संकटका बेला भूमि आयोगः काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर

विन्दुकुमार थापा नेपालीमा एउटा उखान छः “काम कुरो एकातिर कुम्लो बोकी ठिमि तिर” । सरकार अनियमितता, भ्रष्टाचार गर्न र तीनलाई संरक्षण गर्नमा त अब्वल नै साबित भएको छ । यसको अलावा देश कोरोना भाइरसका कारण आक्रान्त छ । सरकारले लकडाउन घोषण गरेर जनतालाई घर भित्र थुनेको छ, देश नै ठप्प भएको अवस्थामा कुन भूमिको समस्या समाधान गर्नका लागि “भूमि समस्या समाधान आयोग” गठन गरेको हो ? सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्ने निहुँमा जनतालाई घर भित्र थुनेर चितवनका नेकपा नेता… पुरा पढौ