विजनेश

सुन तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार सुनको मूल्य ७ हजार ९ सय रुपैयाँले घटेको थियो । मंगलबार सुनको मूल्य तोलामा दुई लाख ६२ हजार एक सयमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेर चार हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको… पुरा पढौ

नेप्से परिसूचक १०.५३ अंकले घट्यो

साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर २ लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार… पुरा पढौ

नेप्से परिसूचक १.३७ अंकले बढ्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको थियो। सो दिन ३ अर्ब ४२ करोडको सेयर कारोबार भएको थियो। आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ । आजको कारोबारमा इन्फिनिटी लघुवित्त… पुरा पढौ

सुन र चाँदीको भाउमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । सुन र चाँदीको मूल्यले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलामा… पुरा पढौ

तीन दिनपछि सामान्य बढ्यो सेयर बजार

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।  यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ : २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको कारोबार भएको छ । पुरा पढौ

एकैदिन ५ हजार ५ सय बढ्यो सुन, सुनचाँदीको मूल्य हालसम्मकै उच्च

मंगलबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर आज प्रतितोला ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । चाँदीको मूल्यमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको… पुरा पढौ