विजनेश

नेप्से परिसूचक ४.९९ अंकले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ । कारोबार भएकामध्ये १५१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन ।… पुरा पढौ

नेप्से १६ अंकले बढ्यो, कारोबार ४ अर्ब भन्दा माथि

सेयर बजार मापन गर्ने नेप्से परिसूचक आज बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर २७५८ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको हो। आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। पुरा पढौ

नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि, करिव ४ अर्बको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो । कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै, आँखु खोला हाइड्रोपावर, अपि… पुरा पढौ

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु एक सय २५ ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु चार हजार ९६० निर्धारण गरिएको छ । पुरा पढौ

नेप्से परिसूचक छ दशमलव ५१ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर रु तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ । नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैङ्क र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैङ्क, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैङ्कको ऋणपत्र… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुन तोलामा तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले गिरावट

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने घोषणा गरेपनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएन। साताको दोस्रो कारोबार दिन मंगलबार बजार खुलेदेखि नै उचारचढावमा रहेको नेप्से परिसूचक अन्तिम समयमा आएर ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा पुगेको छ। सरकारको  नीति तथा कार्यक्रमले  धितोपत्र बजारलाई "सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप" विकास गर्ने प्रतिबद्धता जनाएको छ।  साथै आगामी दशकभित्र ३० हजार मेगावाट विदयुत उत्पादन लक्ष्यसहित  आयोजना प्रभावित क्षेत्रका नागरिकहरूलाई मुआब्जाको सट्टा सेयर… पुरा पढौ