विजनेश

नेप्से ४ दशमलव ४५ अंकले बढ्यो

साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अंकले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव… पुरा पढौ

आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू (सूचीसहित)

काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्यांक अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४१ प्रतिशत कायम भएको छ भने संस्थागत मुद्दती निक्षेपतर्फ औसत ३.२९ प्रतिशत दर तोकिएको छ । यसअघि फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम… पुरा पढौ

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो । आज ३२९ कम्पनीको तीन करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर एक लाख १५ हजार ५५० पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड दुई लाख ५५ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोवार रकम हिजोको तुलनामा करिव ८ अर्ब रुपैयाँ कम हो । आज म्युचुअल… पुरा पढौ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा पाँच हजार ७२० रुपैयाँमा कायम भएको छ  । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । पुरा पढौ

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

नेप्से परिसूचकमा आज गिरावट आएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि लामो समयपछि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव शून्य ८ अंकले घटेको छ भने २१ अर्ब ५० करोड रुपयाँ भन्दा बढी रकम बराबरको कारोबार भएको छ । आज कारोबार भएको कम्पनी मध्ये रिलायन्स स्पिनिङ मिल्सको शेयर मुल्य १० प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै हिमस्टार उर्जा कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ । हिमस्टार उर्जा कम्पनीको ६.६७ प्रतिशितले घटेको छ ।… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा तीन लाख १३ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३०० रुपैयाँले बढेर तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।  पुरा पढौ

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । यो छ प्रतिशतको वृद्धि हो । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पहिलो दिन खुलेको बजारमा लगानीकर्तामा उत्साह देखिएको हो । आज बजार खुले लगत्तै नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, ११ बजेर २१ मिनेटमा… पुरा पढौ