विजनेश

प्रतितोला एक लाख एक हजार एक सय पुग्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले बढेर… पुरा पढौ

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि भई एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलव ३८ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ४५ मा पुगेको छ । नेप्सेका अनुसार कारोबार… पुरा पढौ

बेगनास ताल बुझ्न लेखनाथ महोत्सव

गण्डकी, १० पुस । बेगनास तालको मुहान स्याङखुदीबाट कलकल पानी बगिरहेको छ । तालको मुहानको नजिकै बेगनास मौरीघार उद्योगको बोर्ड टाँसिएको छ । नजिकै मौरीका घार पनि छन् । तालमा डुङ्गाहरू तैरिएका देखिन्छन् । तालमा डुङ्गा शयर गर्न त बेगनास ताल नै पुग्नुपर्छ तर यी दृश्यलाई एकैसाथ नियाल्न र तालका बारेमा बुझन् भने हाल सञ्चालन भइरहेको लेखनाथ महोत्सव हेर्न गए पुग्छ । सात तालको सहरको उपमा पाएको लेखनाथको मुख्य ताल बेगनास र यहाँका गतिविधिलाई समेटेर आसपासका क्षेत्र हुने गरेका गतिवधिलाई… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ, ७ पुस । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर… पुरा पढौ

लेखनाथ महोत्सवमा दृष्टिविहीन व्यवसायी र उद्यमीलाई निशुल्क स्टल

पोखरा । लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने भएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा महोत्सव प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले पुस ७ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने जानकारी दिएको हो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित लेखनाथमा हुने १८औं लेखनाथ महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएकाे छ । ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेको बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ५ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक… पुरा पढौ

नेप्समा झिनो अङ्कमा सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि… पुरा पढौ