विजनेश

नेप्से २७ अङ्कले घट्यो

साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज -नेप्से_ परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ ।… पुरा पढौ

एशियन हाइड्रोपावरको आइपिओ खुला

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा चार लाख २४ हजार कित्ता शेयर प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँ, २५ मङ्सिर । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ अङ्कमा कायम भएको छ । आज दुई सय ५३ कम्पनीको ३५ लाख १२ हजार आठ सय ३४ कित्ता सेयर २४ हजार छ सय ४४ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १० करोड ३४ लाख चार हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा २५… पुरा पढौ

माया खोला हाइड्रोपावरको आईपीओ खुला

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कूल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि कूल १० लाख कित्ता शेयर छुट्याएको छ… पुरा पढौ

नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, २० मङ्सिर । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सुरुका दुई दिन आइतबार र सोमबार दैनिक रु डेढ अर्बभन्दा बढीको कारोबार… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि आयल निगमले घटाएन

Mardi News
काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगमले हाल रु २७ अर्ब घाटा रहेकाले मूल्य समायोजन नगर्ने बताएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ। इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मंसिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ। ‘मंसिर… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

पोखरा, १४ मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा यही मंसिर १६ देखि २५ गतेसम्म हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका महासचिव बलराम आचार्यले मेलाको तयारी अन्तिम चरणमा पुगको बताए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ,… पुरा पढौ