विजनेश

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.४३ अङ्कले उकालो लागेर दुई हजार ७८४.९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१६ ले बढेर ५२२.५३ मा पुगेको छ । कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर रु सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर रु सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा… पुरा पढौ

नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै… पुरा पढौ

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । पुरा पढौ

नेप्सेमा उच्च अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कूल २३४ कम्पनीको… पुरा पढौ