विजनेश

नेप्सेको ओरालो यात्रा आज पनि जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से आज केही थामिए जस्तो भए पनि कारोबार बन्द हुँदासम्म २१.४८ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१.४८ अङ्कले घटेर दुई हजार ६३०.०१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ अङ्कले घटेर ४९५.४५ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागे जस्तै कारोबार रकम पनि रु चार अर्बमा सीमित… पुरा पढौ

सुन प्रतितोला रु ९२ हजार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक… पुरा पढौ

अजेयराज सुमार्गीको स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

काठमाडौँ। सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयानुसार प्राधिकरणले १५ दिनभित्र जवाफ दिने गरी कात्तिक १२ गते कम्पनीसँग स्पष्टीकरण सोधेको थियो । कात्तिक… पुरा पढौ

आज सुनको मूल्य प्रतितोला ९३ हजार सात सय

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रवार प्रतितोला ९३ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार… पुरा पढौ

गुणस्तर कम भेटिएपछि जगदम्बा, मारुती र युनाईट सिमेन्टको बिक्री वितरण रोक्का

काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले मारुती, युनाइटेड र जगदम्बा सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिई १५ दिनभित्र स्पष्टीकरण दिन समेत भनेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरूप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘ सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षणका क्रममा मापदण्ड… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि नेपालमा आएको बङ्गलादेश पाटा च्याप्टर टोली आज पोखरामा

दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एण्ड बिटुबी एक्सचेन्ज कार्यक्रम’ आयोजना गरेको छ । नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारि एवं प्रवद्र्धनका विषयमा छलफल हुनेछ । पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी मङ्गलबार नेपाल आएका हुन् । उक्त टोलीमा बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी छन् ।… पुरा पढौ

खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटक आगमन

काठमाण्डौं । कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ । पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट… पुरा पढौ