अर्थतन्त्र

नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२१ अङ्कले बढेर ५१९.३७ मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकमसमेत आज वृद्धि भएको छ । कूल २३९ कम्पनीको एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर रु सात अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ मूल्यमा… पुरा पढौ

नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै… पुरा पढौ

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौँ । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । पुरा पढौ

नेप्सेमा उच्च अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबार भएकामध्ये १६६ कम्पनीको शेयर उकालो लाग्दा २१ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कूल २३४ कम्पनीको… पुरा पढौ

नेप्सेमा ६०.४१ अङ्कको वृद्धि

काठमाडौँ, १८ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता… पुरा पढौ

पहिलो आरोहण असफलपछि साइपालमा पर्वतारोहीको शुन्य उपस्थिति

बझाङ । सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानव सम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (७,०३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए । पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए ।… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६९.७७ अङ्कले ओरालो लागेर दुई हजार ५२१.६५ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.८५ अङ्कले ओरालो लागी ४७१.८९ मा ओर्लेको छ । कूल २३८ कम्पनीको एक करोड दुई लाख ९२ हजार २२६ कित्ता शेयर रु पाँच अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३… पुरा पढौ