अर्थतन्त्र

नेप्से झिनो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७,… पुरा पढौ

साताको शेयर बजार : १६ अर्बको कारोबार

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा… पुरा पढौ

नेप्से ५९ अङ्कले घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५९ अङ्कले घटेको छ । ५९.५७ अङ्क घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम पनि कमी आएको छ । कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अङ्कले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो । बैङ्कहरूले मंसिरदेखि लागू हुने गरी मुद्दती खातामा ब्याजदर बढाउने तयारी गरेसँगै बजारमा… पुरा पढौ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले ओरालो लागेर ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।… पुरा पढौ

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । दिपावलीको विदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ । कारोबार रकम पनि खासै बढेको छैन । कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अंकले बढेर ५३१.४२ मा पुगेको छ । कूल २३० कम्पनकिो ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर रु छ अर्ब सात करोड ३७ लाख १६ हजार ८८८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण… पुरा पढौ

सुन तोलाको रु ९२ हजार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ३०० तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक… पुरा पढौ