अर्थतन्त्र

दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा सम्मानित

काठमाडौं । सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौं कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरुलाई सम्मान गर्नुभयो । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदता बनेको छ । यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल (प्रा) लि, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रा.… पुरा पढौ

पस्मिना उत्पादनका लागि ऊनको गुणस्तर अध्ययन

सन्तोष गौतम, म्याग्दी । मुस्ताङमा उत्पादन भएको पस्मिनाको कच्चापदार्थ ऊनको गुणस्तर अध्ययन गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घ र फाइबर प्रोसेसिङ प्रालिको अनुरोधमा विश्व व्यापार सङ्गठनको सहयोगमा विदेशी विज्ञको टोलीले मुस्ताङको लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ऊनको गुणस्तर अध्ययन गरेको हो । स्कटल्याडका ऊन विज्ञ डेबिड लि, विश्व व्यापार सङ्गठनका इञ्जिनीयर प्रकाश झा, पस्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगड र उपाध्यक्ष धनप्रसाद लामिछानेको टोली तीन दिनको अध्ययन सकेर आज काठमाडौँ फर्किएको छ । उपाध्यक्ष लामिछानेले स्वदेशी ऊन प्रशोधन गरेर पस्मिना… पुरा पढौ

सेयर बजारमा हरियाली, नेप्से परिसूचक २७ सयमाथि

काठमाडौँ । आज सेयर बजारमा हरियाली छाएको छ । यस दिन परिसूचक नेप्से २६.४४ अङ्कले बढेर २७१५ अङ्कमा कायम भएको छ । कारोबार रकममा पनि सुधार आएको छ । हिजो आइतबार ४ अर्ब ९ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । २० कम्पनीको मूल्य घट्दा १६२ कम्पनीको मूल्य बढेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहमा हरियाली छाएको छ । बैङ्किङ ०.९, व्यापार ५५, होटल तथा पर्यटन ५८, विकास बैङ्क १४१, जलविद्युत… पुरा पढौ

नेप्से झिनो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७,… पुरा पढौ

साताको शेयर बजार : १६ अर्बको कारोबार

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो । साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो । दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन । तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो । बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ । एउटा… पुरा पढौ

नेप्से ५९ अङ्कले घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५९ अङ्कले घटेको छ । ५९.५७ अङ्क घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम पनि कमी आएको छ । कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अङ्कले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो । बैङ्कहरूले मंसिरदेखि लागू हुने गरी मुद्दती खातामा ब्याजदर बढाउने तयारी गरेसँगै बजारमा… पुरा पढौ

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले ओरालो लागेर ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।… पुरा पढौ