अर्थतन्त्र

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर रु तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३… पुरा पढौ

साताको शेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो । यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर रु ३८ अर्ब ३१ करोड… पुरा पढौ

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध र नाराबाजीका बीच उनले उक्त विधेयक प्रस्तुत गरेका हुन्। पुरा पढौ

नेप्सेमा उछाल, ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतमा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो । मौद्रिक नीतिमा थोक कर्जा कारोबार गर्ने र खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा मर्ज भएमा खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा स्वीकृत दिने लगायतका व्यवस्था गरिएको छ । पुरा पढौ

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैङ्कको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको छ । आज बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।  राष्ट्र बैङ्कले साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको भए पनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार… पुरा पढौ

पूर्वमन्त्रीहरुको एकै स्वर– तत्काल अगाडि बढाऔँ बूढीगण्डकी आयोजना

रमेश लम्साल, काठमाडौँ । विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० तयार भएको आधारमा आयोजना शुरु भएको भए बूढीगण्डकी जलविद्युत् आयोजनाले यतिबेला बिजुली उत्पादन शुरु गर्ने बेला भयो । फ्रान्सेली कम्पनी ट्याक्टवेलले सन् २०१४ मा नै नेपाल सरकारलाई आयोजनाको डिपिआर बुझाएको हो । यस आधारमा हेर्दा झण्डै सात वर्ष भयो । कूल एक हजार २०० मेगावाट क्षमताको आयोजनाको निर्माण ढाँचामा सहमति जुट्न नसक्दा एकातिर परियोजना जस्ताको तस्तै रहेको छ भने अर्कोतर्फ मुलुकको ऊर्जा सुरक्षामा समेत कुनै योगदान पुग्न सकेको छैन । हिउँदको समयमा अधिकांश… पुरा पढौ