साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १९.९२ अंकले घटेर दुई हजार पाँच सय ९५.१० बिन्दुमा कायम भएको हो। बिहीबार चार अर्ब ५७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर चार अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। यस दिन ३४५ वटा धितोपत्रको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता सेयर किनबेच भएको हो। आइतबार एसवाई प्यानलको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रह्यो।…
पुरा पढौ
आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा चार हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी अइतबार चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
पुरा पढौ
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंक घटेको छ । सो कमीसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । ६३ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशत घट्यो । होटल तथा पर्यटन समूह स्थिर रह्यो…
पुरा पढौ
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार भने ३ हजार ८ सय ८५ रुपैयाँमा कायम भएको थियो ।
पुरा पढौ
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु. तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट…
पुरा पढौ
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार १२.५० अंकले घटेको नेप्से परिसूचक यसदिन ६.७४ अंकले बढेको हो। नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा उक्लिएको छ। आइतबार परिसूचक २५ सय विन्दुमा झरेको थियो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२९ कित्ता सेयर ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब ७४ लाख बराबरको…
पुरा पढौ
सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…
पुरा पढौ