अर्थतन्त्र

सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउँदै बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा दुई लाख ५ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार २ हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो… पुरा पढौ

नेप्से परिसूचक १२ अङ्कले बढ्यो

काठमाडौँ, १६ भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अङ्कले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो । आज विभिन्न ३२६ कम्पनीका एक करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव… पुरा पढौ

सुनको मूल्यमा २ लाख ५ हजार नाघ्यो

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज सोमबार थप महँगिएको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । दुबै दिन नयाँ रेकर्ड बनाएको सुन आज फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बनेको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको… पुरा पढौ

नेप्से परिसूचक ३१ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ । आज सबै समूहको… पुरा पढौ

सुनको मूल्यमा रेकर्ड

नेपाली बजारमा आइतवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । आइतबार प्रतितोला ३ हजार रुपैयाँ बढेर आज प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने २ लाख ६ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर आज प्रतितोला २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार २ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो… पुरा पढौ

सुनको मूल्य नयाँ रेकर्ड, तोलाको २ लाख ६ सय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ९९ हजार चार सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार तीन सय ५५… पुरा पढौ

नेप्से परिसूचक ३८ अंकले घट्यो, ८ अर्ब माथिको सेयर कारोबार

काठमाडौँ । अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार घटेको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१.०० विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार नेप्से परिसूचक ५३ अंकले बढेर २८ सय विन्दुमाथि पुगेको थियो। सो दिन ७ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२२ स्क्रिप्सको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँमा खरिदबिक्री भए। सेयर कारोबार रकम बुधबारको… पुरा पढौ