अर्थतन्त्र

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो ।  सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रति पटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो । राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रति पटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको… पुरा पढौ

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा अडिएको छ। यसदिन ३१७ स्क्रिप्सको २ करोड ५ लाख  १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५८ स्टक्सको मूल्य बढ्दा १९१ वटाको घट्यो। सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष… पुरा पढौ

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा बन्द भएको हाे । लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । साताको पहिलो कारोबार दिन आइतबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। त्यसपछि दोस्रो कारोबार सोमबारदेखि नेप्से परिसूचक लगातार ओरालो लागेको थियो। बजारको अंकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको… पुरा पढौ

सुनचाँदीको मूल्य एक सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार ३२५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २० रुपैयाँले घटेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी हजार ३०५ रुपैयाँमा कायम भएको थियो । पुरा पढौ

नेप्से परिसूचक २६ अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार १० अर्ब दुई करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ११ करोड रुपैयाँ कमी आएको हो। आज ३२३ वटा धितोपत्रको एक करोड ७६ लाख ७१ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५… पुरा पढौ

सुनको मूल्य इतिहासकै उच्च

शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत मंगलबार सुनकाे मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी बढेर २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो… पुरा पढौ