अर्थतन्त्र

यस्तो छ आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो।  नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्। पुरा पढौ

सेयर बजारको ओरालो यात्रा कायमै

नेप्से परिसूचकले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१  विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडमा खुम्चिएको छ । पुरा पढौ

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रूपमा हिमाली क्षेत्रमा बढी महँगी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७३, तराईको दुई दशमलव ५८, पहाडको दुई दशमलव ४८ र हिमालको चार दशमलव १८ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १७… पुरा पढौ

चालु वर्षको व्यापार घाटा झण्डै १४ खर्ब, आयात १६ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो… पुरा पढौ

नेप्से परिसूचक २.४० अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले… पुरा पढौ

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले पहिलो पटक आफ्नै लगानीमा विमानस्थलमा ३६ लाख लिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको आज पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। निगमले स्वदेशी सीप र पुँजीमा पहिलोपटक इन्धन डिपो निर्माण गरिएको जनाएको छ। हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तरराष्ट्रिय विमानलाई आवश्यकपर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन… पुरा पढौ

नेप्से परिसूचक ३४ अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।  आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई… पुरा पढौ