अर्थतन्त्र

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ । तोलामा तीन हजार रुपैयाँले घटेर आज १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रवार एक लाख ९३ हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदी पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर आज तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँमा कायम भएको थियो ।  पुरा पढौ

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा  दुई हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सोमवार सुनचाँदीको मूल्य बढेको छ। तोलामा एक हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौ । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालुतर्फ ११ अर्ब, ८० अर्ब ९८ करोड पूँजीगत तर्फ ४ खर्ब बजेट ७ अर्ब ८९ करोड वित्तिय ब्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको हो । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि बजेटको दुईतिहाइ खर्च तलबभत्ताजस्ता चालु खर्चका लागि छुट्ट्याइएको छ। आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु… पुरा पढौ

सरकारले आज सदनमा बजेट प्रस्तुत गर्दै

सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट आज संसदमार्फत प्रस्तुत गर्दैछ । संसदको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको वार्षिक आय–व्ययको विवरण प्रस्तुत गर्नुहुने कार्यक्रम छ । यस वर्षको कूल बजेट करीव १९ खर्व हाराहारीको हुने अर्थमन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्छ । यसैवीच बजेट लेखनको सम्पूर्ण तयारी पूरा भएको अर्थमन्त्रालयले जनाएको छ । पुरा पढौ

सुनको मूल्य १४ सयले बढ्यो, चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय  रुपैयाँमा कायम भएको थियो। यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो । पुरा पढौ

उच्च अङ्कले बढ्यो नेप्से, करिव साँढे ७ अर्ब बराबरको कारोवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८६ प्रतिशतको वृद्धि हो । आज तीन सय १० कम्पनीको एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर ७३ हजार ५४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।… पुरा पढौ