अर्थतन्त्र

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ, १२ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख १६ हजार

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। दसैंपछिको पहिलो कारोबार दिन आज सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ। दशैं अघिको अन्तिम कारोबार ९३ कात्तिक०का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो । यस्तै तेजाबी सुन १ लाख १५ हजार ४५० पुगेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, १ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रू ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, ३० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८९ कम्पनीको ३८ लाख १३ हजार दुई सय ३३ कित्ता शेयर ४५ हजार चार सय ५६ पटक किनबेच हुँदा रू एक अर्ब ८४ लाख ३७ हजार आठ सय ६० बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक… पुरा पढौ

मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकको गत भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको… पुरा पढौ

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमाः पूर्वअर्थमन्त्री पौडेल

लुम्बिनी, २९ असोज । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । उनले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताए । उनले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताए । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल,… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, २९ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८… पुरा पढौ