अर्थतन्त्र

नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घट्यो

काठमाडौँ, २३ असोज । यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०६ अङ्कले घटेर एक हजार आठ सय ८९ दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज विभिन्न दुई सय ८२ कम्पनीका ४२ लाख ८७ हजार चार सय २४ कित्ता शेयर ४४ हजार ६९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ मा कारोबार भएका छन् । आज सबै समूहको… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २२ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रू… पुरा पढौ

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, १७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै… पुरा पढौ

नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावट

काठमाडौँ, १४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र… पुरा पढौ

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ ले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटर १८२.५ रुपैयाँ,… पुरा पढौ

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय

काठमाडौँ, १२ असोज । नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती… पुरा पढौ